SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

SM Nepal Times


एस.एम.नेपाल स्कूल,जनकपुरमा हस्तनिर्मित राखी बनाउने प्रतियोगिता सम्पन्न

जनकपुरधाम, २० साउन । जनकपुरधामस्थित एक निजी विद्यालयमा हस्तनिर्मित राखी बनाउने प्रतियोगिता सम्पन्न भएको छ ।

रक्षाबन्धनमा हातले निर्मित स्वदेशी राखी प्रयोग गर्नुपर्ने सन्देश दिन जनकपुरधामस्थित एस.एम. स्कूलले राखी बनाउने प्रतियोगिताको आयोजना गरेको हो ।

धर्म र संस्कृतिको जगेर्ना तथा हातले निर्मित स्वदेशी घरेलु राखी प्रयोगमा ल्याउन जोड दिने उद्येश्यले सो विद्यालयले शुक्रबार प्रतियोगिता आयोजना गरेको छ ।

अरुमाथि भर नपरौं, आफ्नै हाथले निर्मित राखी प्रयोग गरौं भन्ने नाराकासाथ विद्यालयले प्रतियोगिता आयोजना गरेको विद्यालयका संचालक दिपक ठाकुरले जानकारी दिए ।

विद्यालयमा सम्पन्न प्रतियोगितामा राखी बनाउनका लागि आवश्यक सामग्री विद्यार्थी स्वयंले व्यवस्था गरेका थिए ।

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरु सहभागी उक्त प्रतियोगितामा राखी बनाउनका लागि १ घण्टाको समय निर्धारण गरिएको थियो ।
प्रतियोगिताबाट उत्कृष्ट राखी बनाउने ३ जना विद्यार्थीलाई छनोट गरी क्रमशः प्रथम, द्धितिय र तृतियलाई आइतबार पुरस्कारसमेत प्रदान गरिने प्रतियोगिताको निर्णायक समितिले जनाएको छ ।