SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

SM Nepal Times


"विवाह पञ्चमी-२०७९"मा जनकपुरधामका संस्थागत विद्यालयहरु तीनदिन बन्द रहने।

जनकपुरधाम, १० मंसिर । विवाह पञ्चमी-२०७९"को शुभ-उपलक्षयमा जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालयहरु मिति २०७९।०८।११ गतेदेखी मिति २०७९।०८।१३ गतेसम्म बन्द रहने तथा पुन: मिति २०७९।०८।१४ गतेबाट विद्यालहरु यथावत रुपमा सञ्चालन हुने व्यहोरा N-PABSAN, M-PABSAN र PABSON का अध्यक्षहरु मिति २०७९।०८।०९ गतेका दिन एक सूचना प्रकाशन गरी विद्यालय संस्थापकहरुलाई जानकारीका लागि अनुरोध गरेका छन्।

यसका साथै विवाह पञ्चमीमा पाल्नुहुने तीर्थालु एवं भक्तजनहरुलाई बासका साथै यथोशक्ती आतिथ्यता गरिदिनसमेत अनुरोध गरेका छन्।