SM Nepal School
SEVIER’S (Modern Nepal) English Boarding School

SM Nepal Times


एस.एम. नेपाल स्कुल¸ जनकपुरधाममा फुडफेस्टिभल आयोजना

जनकपुरधाम¸ ९ मंसीर ।

जनकपुरधामका एक निजी बिद्यालय एस.एम. नेपाल स्कुलले गत बर्षझै यस वर्ष पनि फुड फेस्टिभलको आयोजना गरेका छन् । उक्त कार्यक्रममा बिद्यालयका कक्षा १ देखि १० सम्मका बिद्यार्थीहरुले भाग लिएका थिए । विद्यालयका बिद्यार्थीहरु विभिन्न ५ समुहमा बिभाजित भई आ-आफ्ना समुहमा बिभिन्न प्रकारका स्थानिय एवं विदेशी परिकार/ब्यञ्जनहरु समेत बनाएका थिए । प्रत्येक समुहमा १/१ जना शिक्षक वा शिक्षिकालाई समेत बिद्यार्थीहरुलाई सहयोग गर्नका निम्ति राखेर बिद्यार्थीकै अगुवाईमा कार्यक्रम गरिएको छ ।

वर्षमा एक दिन हुने गरेको यस किसिमको फुड फेस्टिभल आयोजनाले बिद्याथीहरुमा थप उत्साह सिर्जना गर्ने र समुहका बसेर कार्य गर्ने (Group-Work) तथा पाक शिक्षा (Cooking) सम्बन्धी सिकाई दिन प्रभावकारी हुने गरेको एस एम नेपाल स्कूलका प्रिन्सिपल श्री दिपक कुमार ठाकुरको विश्वास राख्नु भएका छन् । उहाँले यस प्रकारका अतिरिक्त क्रियाकलाप सम्बन्धी बिषय वस्तु पहिलेका पाठ्यक्रममा हुने गरेको तर अचेल नरहेपनि यसबाट विद्यार्थीहरुलाई थप अनुशासित बनाउने र राम्रो सिकाई हुने बताउनुभयो ।

विद्यार्थीहरूले रकम एवं आवश्यक सर-सामानहरू आफै बन्दोबस्त/ संकलन गरी फेस्टिभलको आयोजना गर्दै आएका छन । यस विद्यालयले प्रत्येक शुक्रबार बिभिन्न अतिरिक्त क्रियाकलापहरु पनि गराउँदै आएको छ । विद्यालयले यस फेस्टिभलका उत्कृष्ट हुने समुहलाई पुरस्कार समेत दिँदै आएको छ ।

यस वर्ष विद्यार्थीहरुको थप मनोबल बढाउन धनुषा ३ (१) बाट निर्वाचित नेपाली काँग्रेसका प्रदेशसभा सदस्य माननीय श्री रामसरोज यादव ज्यू प्रमुख अतिथि एवं मैथिली विकाश कोषका आदरणीय अध्यक्ष श्री जिवनाथ चौधरी ज्यू विशिष्ट अतिथिका रुपमा निमन्त्रणा स्वीकार्य गर्दै सहभागी हुनुहुन्थ्यो । उक्त कार्यक्रमको अवलोकन गरी अतिथिहरू विद्याथीहरुले तयार पारेका खाना तथा परिकार ग्रहण पश्चात् प्रशँसा गर्नुका साथै प्रमुख अतिथि यादवले यस किसिमको अतिरिक्त क्रियाकलापबाट विद्याथीहरुको रुचि पहिचान गर्न सकिने र त्यसै रुचि अनुसारको शिक्षा दिक्षा दिनसके उत्कृष्ट र योग्य नागरिक उत्पादन हुने समेत भन्नुभयो ।


एस.एम. नेपाल स्कुलका फुडफेस्टिभलको भिडियो हर्न ☞ यहाँ क्लिक गर्नुहोस।